१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भक्तपुरका चार नगरपालिकाः मेयरमा ३५, उपमेयरमा १७ जनाको उम्मेदवारी

भक्तपुरको चार वटा नगरपालिकाहरुमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी मेयर पदका लागि ३५ जनाको उम्मेदवारी परेको छ। यस्तै उपमेयर पदका लागि १७ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचनको कार्यालय भक्तपुरले जनाएको  छ। मेयरमा सवैभन्दा वढी मध्यपुर थिमिमा परेको छ। त्यहाँं ११ जनाको उम्मेदवारी परेको कार्यालयले जनाएको छ। सवैभन्दा कम भने सूर्यविनायक नगरपालिकामा ७ जनाको मात्रै उम्मेदवारी परेको छ।  

यहाँं नेपाली कांग्रेससहितका सत्तारुढ गठबन्धन, नेकपा एमाले र नेपाल मजदुर किसान पार्टी प्रमुख शक्तिका रुपमा रहेका छन्। नेपाली कांग्रेसले भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा सुरेन्द्र श्रेष्ठ, सूर्यविनायकमा निशान ढुंगेल, चाँगुनारायणमा जीवन खत्री र भक्तपुर नगरपालिकामा राम कासुलालाई मेयरको उम्मेदवार उठाएको छ। त्यसैगरी कांग्रेसले चाँगुनारायण नगरपालिकामा उपप्रमुख सुभद्रा काफ्लेलाई उम्मेदबार बनाएको छ। 

सत्तारुढ गठबन्धनकोवीचमा भक्तपुर, मध्यपुर थिमि र सूर्यविनायकमा गठबन्धन दलका अरु पार्टीलाई दिने सहमति भए अनुसार उम्मेदवार परेको छ। यसैगरी नेकपा एकिकृत समाजवादीलाई भक्तपुर र सूर्यविनायक नगरपालिकाको उपप्रमुख दिने गठबन्धन दलबीच सहमति भए अनुसार भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकामा उम्मेदवारी परेको छ।

यता एमालेले मध्यपुर थिमिमा मदनसुन्दर श्रेष्ठलाई प्रमुख र उत्तरा नेपाललाई उपप्रमुख उठाएको छ। यसरी नै सूर्यविनायकमा वासुदेव थापा प्रमुख र सरिता भट्टराई उपप्रमुख, भक्तपुरमा रविन्द्र लाछिमस्यु प्रमुख र रञ्जना खर्बुजा उपप्रमुख र चाँगुनारायणमा बिना बाँस्तोला प्रमुख र रमेश बुढाथोकी उपप्रमुखमा उठाएको छ। मदनसुन्दर मध्यपुर थिमिका हालका प्रमुख हुन् भने बासुदेव सूर्यविनायक नगरपालिकाका हालका प्रमुख हुन्। विना चाँंगुनारायण नगरपालिकाका हालका  उपप्रमख हुन्। उनीहरु तिनै जना एमालेबाट विजयी भएका थिए।

यता भक्तपुरमा बलियो प्रभाव भएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भक्तपुर नगरपालिकामा पुरानौ अनुहार दोहर्‍याएको छ। नेमकिपाले प्रमुखमा सुनिल प्रजापति र उपप्रमुखमा रजनी जोशीलाई उठाएको छ। नेमकिपाबाट मध्यपुर थिमि नगरपालिकामा मेयरमा आशाहरि प्रजापति, उपमेयरमा दीक्षा बाडे श्रेष्ठ, चाँंगुनारायण नगरपालिकामा प्रमुखमा केशव तिमल्सिना, उपप्रमुखमा कल्पना लामालाई उठाएको छ। यस्तै उक्त पार्टीबाट सूर्यविनायक नगरपालिकाको प्रमुखमा श्याम बिसंखे र उपप्रमुखमा चनमति खुलिमुलीलाई उम्मेदबार बनाएको छ। यसबाहेक यहाँं राप्रपा र स्वतन्त्रका उम्मेदवारी दिएका छन्।

प्रकाशित: १२ वैशाख २०७९ १३:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App