१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

ताप्लेजुङ फक्ताङ्लुङ पालिका ७ मा पाँच जनाको मात्र उम्मेदवारी, निर्विरोध पुष्टि हुन बाँकी

छेतेन वालुङ।

चुनाव र चुनावी माहोलले सानो र सुन्दर गाउँमा आन्तरिक तिक्तता पैदा गरेको भन्दै ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ ओलाङ्चुङगोलाका स्थानीयले वडाध्यक्षसहितका ५ जनप्रतिनिधि बिना प्रतिस्पर्धा चयन गरेका छन्।

गाउँलेहरूले चयन गरेका उम्मेदवार बाहेक यस वडामा अरु कोही पनि व्यक्तिले उम्मेदवारी दिएका छैनन्। आवश्यक संख्यामा एक–एक जनाको मात्र उम्मेदवारी परेपछि त्यहाँका जनप्रतिनिधि निर्वीरोध जस्तै भएका छन्। निवर्तनमा गाउँपालिका अध्यक्ष सरोज एभेङ वडा नं ७ ओलाङ्चुङगोलाबाट ५ जनाले स्वतन्त्र उम्मेदवारी दिएको र त्यो आवश्यक संख्या मात्र रहेको बताए।

तर, यसलाई जिल्ला निर्वाचन अधिकृतको कार्यालयले पुष्टी गरिसकेको छैन। गाउँले भेलाले नै स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गर्ने र चुनाव नगर्ने सहमति गरेको थियो। गाउँलेहरुको आम भेलाले छेतेन वालुङ वडाध्यक्ष टासी शेर्पा, वाङग्या शेर्पा, महिला सदस्यमा फुपुल्हामु शेर्पा र दलित महिला सदस्यमा विपना तुम्वाहाम्फे विकलाई वडा समितिको उम्मेदवारमा चयन गरेको थियो।

वडाध्यक्ष छेतेन शेर्पा भोटेका अनुसार सर्वसम्मत वडाध्यक्ष चयन भएका छेतेन २०७४ को निर्वाचनमा निवर्तमान अध्यक्षसँग एक मतले पराजित भएका थिए। उतिबेला अहिलेका सर्वसम्मत वडाध्यक्ष बनेका छेतेनले एमालेबाट र अर्का वडाध्यक्ष छेतेनले कांग्रेसबाट प्रतिस्पर्धा गरेका थिए। याङ्मा र गोला गरी दुई वटा बस्ती रहेको ओलाङचुङगोलमा ३ सय ३६ मतदाता रहेका छन्।

प्रकाशित: १२ वैशाख २०७९ १२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App