३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

मध्यपुरथिमिको मेयरमा ज्वाई जेठान भिडन्त निश्चित

भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको मयेर पदमा ज्वाई जेठानको भिडन्त हुने निश्चित भएको छ। नेकपा एमालेबाट मेयर पदमा उम्मेदवार मदनकृष्ण श्रेष्ठ र नेपाली कांग्रेसबाट मेयर पदमै उम्मेदवार सुरेन्द्र श्रेष्ठबीच भिडन्त हुने निश्चित भएको हो।

नाताले मदनसुन्दर र सुरेन्द्र ज्वाई जेठान हुन्। मध्यपुरथिमिमा मेयरका उम्मेदवार सुरेन्द्र मदनसुन्दरका जेठान हुन्। यो नगरपालिकाकामा मुख्य शक्तिको रुपमा कांग्रेस र एमाले नै हुन्। गएको निर्वाचनमा यो नगरपालिकामा मेयरमा एमालेका मदनसुन्दरले नै जितेका थिए। उनले नेपाली कांग्रेसका मेयर उम्मेदबारलाई पराजित गरेका थिए।

त्यो बेला नेपाल मजदुर किसान पार्टीको सहयोगले मदनसुन्दरले मेयर जितेका थिए। उक्त समयमा एमाले र नेपाल मजदुर किसान पार्टीबीच गठबन्धन भएको थियो। मेयरमा एमालेका मदनसुन्दर र उपमेयरमा नेपाल मजदुर किसान पार्टीले भाग पाएको थियो।

मदनसुन्दर वर्तमान मेयर पनि हुन्। नेकपा एमालेले नयाँ कार्यकालको लागि समेत मदनसुन्दरकै नाम अघि सारेपछि मेयरका लागि ज्वाइँ र जेठानको भिडन्त हुने पक्का भएको हो। मध्यपुर नगरको कार्यपालिकामा यसअघि पनि कांग्रेस उम्मेदवारको बहुमत भए पनि लोकप्रिय मतका आधारमा मेयरमा मदनसुन्दर विजयी भएका थिए।

यस नगरपालिकामा नेपाली कांग्रेस नै पहिलो शक्तिको रुपमा रहँंदै आएको छ। यसअघि पनि कांग्रेसले नै मयर जित्दै आएको थियो। तर पछिल्लोपल्ट एमाले र नेपाल मजदुर किसान पार्टीको गठबन्धनबाट मदनसुन्दर विजयी हुन सफल भएका थिए।

प्रकाशित: १२ वैशाख २०७९ ०८:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App