२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

देशभर उम्मेदवार मनोनयन दर्ता सुरु, उम्मेदवार छान्दै दलहरु

निर्वाचन आयोगले वैशाख ११ र १२ गतेलाई स्थानीय तहका उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने दिन तोकको छ। आज (आइतबार)बाट देशभर मनोनयन दर्ता सुरु भएको छ। आयोगका जिल्लास्थित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारहरुले आ-आफ्नो उम्मेदवारी दिँदैछन्।

निर्वाचनको तयारीमा रहेका कतिपय दलहरुले आफ्ना उम्मेदवारहरु औपचारिक रुपमा सार्वजनिक गरिरहेका छन्। कतिपय दलहरु भने आइतबारसम्म पनि उम्मेदवार छान्न सकिरहेका छैनन्। स्वतन्त्र उम्मेदवारहरुले भने आइतबारबाटै जिल्ला निर्वाचन कार्यालयमा पुगेर आफ्नो मनोनयन दर्ता गराइरहेका छन्। ठूला दलहरु भने सोमबारसम्म मनोनयन दर्ता गराउने मनस्थितिमा देखिन्छन्।

नेकपा (एमाले)ले आइतबारसम्ममा ६ वट महानगरमध्ये पाँच वटा महानगरपालिका काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, विरगन्जका मेयर टुङगो लगाइसकेको छ। उपमेयरमा काठमाडौं, ललितपुर र पोखरा टुङगाइसकेको छ। विराटनगरका मेयर र भरतपुर, विरगन्ज विराटनगर उपमेयरको नाम सोमबारसम्ममा सार्वजनिक गर्ने जनाइएको छ।

नेकपा एमालेको आइतबारको सचिवालय बैठकले उम्मेदवारहरुको नामावली टुङगाएको हो। नगरपालिका र गाउँपालिकाहरुमा पार्टीका स्थानीय तहबाट उम्मेदवारहरु छान्ने काम भइरहेको छ। सत्तारुढ गठबन्धन दलले भने औपचारिक रुपमा उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छैन।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाले ६ मध्ये ४ वटा महानगरपालीकाका मेयर र उपमेयरको टुङगो लगाइसकेको छ। आइबार साँझसम्म थप महानगर र उपमहानगरहरुको टुङगो लगाउने छ।

प्रकाशित: ११ वैशाख २०७९ ०८:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App