१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

कर्णालीमा गठबन्धनीबीच तालमेल नहुँदा उम्मेदवार छनोट भएन

शनिबार दिउँसोसम्म कर्णालीमा गठबन्धन दलहरुबीच तालमेल हुन सकेको छैन। आइतबार उम्मेदवारी दर्ताको समय तोकिएका बेला दलहरुबीच तालमेल नहुँदा उम्मेदवार छनोट ओझेलमा परेको हो।

कर्णालीमा गठबन्धनबीच चार दिनदेखि बैठक जारी भएपनि भागबन्डामा माओवादी र कांग्रेसपछि नहटेपछि मिलाउन सकस परेको नेताहरु बताउँछन्। दलको हैसियत अनुसार भागबन्डा गर्ने तयारी भईरहेपनि माओवादी र कांग्रेसले आफ्नो हैसियत अनुसार पालिका मागेपछि चार दिनदेखि बैठक अन्यौलमा भएको हो। माओवादीले आफ्नो प्रभाव परेको जिल्लामा अरु दललाई १ पालिका दिने र अरु जिल्लामा धेरै पालिका दावी गर्ने गरेपछि तालमेलमा समस्या भएको नेताहरु बताउँछन्।

चुनाव हुनुभन्दा एक महिनाअघि उम्मेदवार टुंगाउनुपर्ने कांग्रेसको पार्टी विधानमा उल्लेख छ तर, गठबन्धनबीचको तालमेल नहुँदा बिहीबारसम्म पनि टुंगिएको छैन। सबै पालिकामा नगर प्रमुख तथा अध्यक्षका आकांक्षी बढी देखिएका बेला कांग्रेसलाई गठबन्धनका दलहरुले धेरै पालिका मागेका कारण निष्कर्षमा पुग्न नसकिएको कांग्रेसका नेताहरुले बताए।

माओवादीको राम्रो पकड भएको जिल्लामा एक पालिका नघटाई गठबन्धनका दललाई दिने र कांग्रेस राम्रो पकेट भएको जिल्लामा पनि समाजवादी र माओवादीलाई एक पालिका नघटाइने दिने गरी सहमति गर्ने प्रयास भए पनि अन्तिममा सहमति हुन नसकेको नेताहरु बताउँछन्।

गठबन्धनबीच कुन पालिका कसले लिने भन्ने टुंगो नलाग्दा उम्मेदवार छनौट समेत हुन सकेको छैन। समय घर्कदै जाँदा समेत दलहरुले आफ्ना उम्मेदवार छनोट गर्न सकेका छैनन्। जसले गर्दा जिल्ला- जिल्लामा चासो र चर्चाका बढी भएको छ। गठबन्धनबीच पालिका कसले कुन लिने टुंगाे नलागेका कारण उम्मेदवार छनौटमा ढिलाइ भएको कर्णाली प्रदेश उम्मेदवार छनौटको संसदीय समितिको बैठक समेत हुन नसकेको सदस्य भुपेन्द्रजंग शाहीले बताए।

बिहीबार विहानैदेखि गठबन्धनबीच बैठक बसिरहेको छ। कांग्रेसमा सबै जिल्लाबाट आकांक्षी बढी भएकाले मिलाउन हम्मेहम्मे परेको छ।

प्रकाशित: १० वैशाख २०७९ १२:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App