६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

पूर्व सांसद एवं कांग्रेस नेता आचार्यको निधन

पूर्व सांसद तथा नेपाली कांग्रेस कपिलवस्तुका वरिष्ठ नेता विष्णुराज आचार्यको शनिबार बिहान निधन भएको छ। आचार्यको काठमाडौं बुढानिलकन्ठमा रहेको आफ्नै निवासमा ७४ वर्षको उमेरमा निधन भएको हो।

२००४ सालमा जन्मिएका उनी लडेर खुट्टा भाचिएपछि काठमाडौंस्थित सिटी र बिएनबि अस्पतालमा उपचारपछि घर बस्दै आएका थिए। अन्य बिभिन्न रोगले ग्रसित रहेका आचार्यको खुट्टा भाचिएपछि उनको शारीरिक अवस्था निकै कमजोर बनेको थियो।

नेता आचार्य २०४८ र २०५१ सालको निर्वाचनमा कपिलवस्तु क्षेत्र नं ३ बाट सांसद पदमा निर्वाचित भएका थिए। नेपाली कांग्रेस कपिलवस्तुले शोक विज्ञप्ति जारी गर्दै आचार्यको निधनले कपिलवस्तु कांग्रेसलाई अपुर्णनीय क्षति भएको नेपाली कांग्रेस कपिलवस्तुका सभापति अब्दुल कलामले बताए।

शोकाकुल परिवारजनमा गहिरो सम्वेदना प्रकट गर्दै अभिभावक गुमेको प्रति दुःख व्यक्त गरेको छ।नेता आचार्यको कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ मा घर रहेको छ भने हाल काठमाडौंमा बस्दै आएका थिए।

उनका ३ छोरी र श्रीमती रहेका छन्। उनका भाइ सुरेन्द्र आचार्य नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री छन्।

प्रकाशित: १० वैशाख २०७९ ११:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App