मोरङमा गठबन्धनको बैठकविना सहमति टुंगिए पनि नेकपा एकीकृत समाजवादी पार्टी मोरङले मोरङमा गठबन्धन नहुने निश्कर्ष निकाल्दै छुट्टै उम्मेदवारी दिने निर्णय गरेको छ। शुक्रबार बसेको एकीकृत समाजवादीको बैठकले मोरङमा छुट्टै उम्मेदवारी दिने निर्णय गरेको हो।
समाजवादीले विराटनगर महानगरपालिकाबाहेक १६ वटै स्थानीय तहमा एकल उम्मेदवारी दिने निर्णय गरेको मोरङ जिल्ला प्रचार विभाग प्रमुख ओसीम आलमले जानकारी दिए। उनले भने, ‘एकीकृत समाजवादी पार्टीका जिल्ला इन्चार्ज हर्कमान गुरुङको अध्यक्षतामा बसेको बैठकले गठबन्धनमा सहमति हुन नसकेको निश्कर्ष निकाल्दै मोरङका १६ वटा पालिकामा एकल उम्मेदवारी दिने निर्णय गरेको हो।’
आलमले सबै स्थानीय तहमा उम्मेदवारको नामसमेत टुंगो लागिसकेको बताए। बैठकले विराटनगर महानगरपालिकालगायत सबै स्थानीय तहमा निर्वाचन परिचालन समितिसमेत गठन गरेको आलमले जानकारी दिए।
प्रकाशित: ९ वैशाख २०७९ १४:०७ शुक्रबार