१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

दाेलखा एमालेले सबै स्थानीय तहमा उम्मेदवारी टुङ्ग्यायाे

दाेलखा एमालेले जिल्लाका ९ ओटै स्थानीय तहकाे उम्मेदवार टुङ्गाे लगाएको छ। पार्टीले बुधबार सदरमुकाम चरिकोटमा जिल्लाका सबै स्थानीय तहका प्रमुख र उपप्रमुख पद टुङ्ग्याएकाे हाे। एमालेले सदरमुकाम जाेडिएकाे भीमेश्वर नगरपालिकाकाे प्रमुख र उपप्रमुखमा पुरानै अनुहार उतारेकाे छ। अन्यमा सबै नयाँ छन्। 

भीमेश्वरमा वाहवाला मेयर भरत केसी र उपमेयर कमला बस्नेतलाई दाेहाेर्याईएकाे छ। जिरी नगरपालिकामा उपमेयर दाेहाेर्याईएकाे छ। पार्टीका जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठका अनुसार जिरी नगरपालिकामा मित्र जिरेल र उपप्रमुख कृष्णमाया बुढाथोकी उम्मेदवार बनेका छन्। 

शैलुङ गाउँपालिकामा धनबहादुर तामाङ अध्यक्ष र पार्वती कार्की थापा उपाध्यक्ष उम्मेदवार बनेका छन्। कालिञ्चाेक गाउँपालिकामा गणेश शिवाकोटी अध्यक्ष र कविता थामी उपाध्यक्ष उम्मेदवार बनाउने निर्णय गरिएकाे छ। यस्तै मेलुङ गाउँपालिकामा पार्टीका जिल्ला सचिव हिरा थाेकर अध्यक्ष र गायत्री आचार्य उपाध्यक्षका रुपमा उतार्ने निर्णय गरिएको छ। 

विगु गाउँपालिकामा अचुतम केसी अध्यक्ष र देविका थामीले उपाध्यक्षकाे टिकट पाएका छन् भने गाैरीशंकर गाउँपालिकामा एमालेले जंग गुरुङलाई अध्यक्ष र मुना शिवाकोटीलाई उपाध्यक्ष पदमा अघि सारेकाे छ। वैत्येश्वर गाउँपालिकामा माधव प्रसाद घिमिरेले अध्यक्ष र नविना लामाले उपाध्यक्ष पदमा टिकट पाएका छन्। 

तामाकोसी गाउँपालिकामा अभिषेक सुवेदीलाई अध्यक्ष पदमा उतार्ने निर्णय गरिएकाे छ भने अम्बिका पाेखरेललाई उपाध्यक्ष पदमा अघि सार्ने निर्णय भएकाे छ। एमाले जिल्ला अध्यक्ष श्रेष्ठले जिल्ला कमिटीले सर्वसम्मतिले निर्णय गरेकाे सुनाए। सत्तारुढ गठबन्धनले भने अहिलेसम्म टुङ्गो लगाएकाे छैन्। उसका नेताहरूले वार्ता र छलफल जारी रहकाे बताएका छन्।

प्रकाशित: ७ वैशाख २०७९ ११:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App