१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

माओवादी दाङका जिल्ला इन्चार्जद्वारा पार्टी परित्याग

नेकपा माओवादीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज जीवन गौतमले पार्टी परित्याग गरेका छन्। सोमबार गौतमले पत्रकार सम्मेलन गर्दै आफू माओवादी पार्टीमा नरहने बताए।

माओवादी भित्रको गलत प्रवृत्तिका कारण आफूले पार्टी परित्याग गर्नु परेको उनले बताए। उनी घोराही उपमहानगरको मेयरका बलिया आकांक्षी थिए। तर उनलाई उम्मेद्वार सिफारिस नगरेर अर्कैलाइ उम्मेदवार बनाउन खोजेको चर्चा चलेको थियो।

गौतमले भने आफूले टिकट नपाउने भएपछि राजीनामा नदिएको बताए। माओवादी भित्रको गलत व्यवहारका कारण आफू लामो समयदेखि असन्तुष्ट रहेको र आज पार्टी परित्याग गर्ने निर्णयमा पुगेको गौतमको भनाइ छ। गौतम २०७४ को स्थानीय तहको निर्वाचनमा माओवादीका तर्फबाट मेयरका उम्मेदवार बनेका थिए। उनी त्यो बेला पराजित बनेका थिए।

प्रकाशित: ५ वैशाख २०७९ ०८:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App