५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

सहमति जुट्न नसकेको ठाउँमा तालमेल नहुनेः महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तह निर्वाचनमा गठबन्धनमा रहेका दलहरुको स्थानीय पार्टी कमिटीमा सहमति जुट्न नसके सो ठाउँमा तालमेल नहुने बताएका छन्।

बिहीबार नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं. ८ ले नव वर्ष २०७९ सालको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले स्थानीय निर्वाचनमा तालमेल गर्ने अधिकार स्थानीय पार्टी कमिटीलाई भएको बताएका हुन्।

उनले गठबन्धन कांग्रेसको हितमा नरहेको समेत बताए। ‘यो गठबन्धन, तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि यो हितकर छदै छैन, ‘उनले भने, ‘चुनाव अगाडी गर्ने तालमेल भन्ने मत मेरो आफ्नो मत हो। मत राखेँ। तर पार्टीको बहुसंख्यक साथीहरुले तालमेल गरेर जानुपर्छ भन्ने निर्णय गरिसकेपछाडि पार्टीको त्यो निर्णयलाई मानेको छु ’ महामन्त्री थापाले नेपाली कांग्रेस पार्टीभित्र बृहत्तर एकता कायम गर्नुपर्ने बताए। निर्वाचनमा को उठ्दा जित्छ उसैलाई उठाउनुपर्ने उनको भनाई छ। पार्टीले उम्मेदवारको सम्बन्धमा गरेको निर्णय सबै नेता, कार्यकर्ताले मान्नुपर्ने उनले बताए।

प्रकाशित: १ वैशाख २०७९ ०७:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App