२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

नेता र व्यापारीले देशको पैसा घरमा थन्क्याएः राजेन्द्र लिङदेन

कलैयामा आरोजना गरिएको कार्यक्रममा उपस्थित राप्रपाका अध्यक्ष लिङदेन।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कमिशन असुल्ने नेता र कालो बजारी गर्ने व्यापारीहरुले देशको पैसालाई घरमा थन्क्याएको आरोप लगाएका छन्।  

राष्ट्रिय प्रजातन्त्र पार्टी बाराले कलैयामा आयोजना गरेको कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष लिङदेनले नेताहरुले बिभिन्न योजना र कामबाट असुलेको कमिशनलाई र व्यापारीहरुले कालोबजार गरेर कमाएको रकमलाई बैंकमा राख्न जाँदा बैंकले पैसाको स्रोत खोज्ने भएकोले बैंकमा राख्ने पैसालाई घरमै थन्क्याएको आरोप लगाए।

नेता र व्यापारीहरुले घरमा ठूलो मात्रामा पैसालाई थन्क्याएर राख्दा बैंकहरुमा पैसाको अभाव भएको लिङदेने बताए।

बैंकिङ्ग प्रणालीमा नदेखाइएको देशको पैसालाई काम नलाग्ने अवस्थामा पुर्‍याउनको लागि आउने निर्वाचनमा यी नेता र पार्टीहरुको विरुद्धमा नेपाली जनताले मतदान गर्नु पर्ने उनले अग्रह गरे।

नेपालमा प्रजातन्त्र आएको ३१ वर्ष समय पनि काँग्रेस, एमाले र माओवादीले सत्ता सञ्चालन गर्दा नेपाली जनतालाई झन गरिब बनाएको आरोप उनले लगाए।

देशलाई लुट्न र युवाहरुलाई विदेशीन बाध्यता मनाउने नेताहरुको विरोधमा अब पनि मतदान गरिएन भने हाम्रो सन्ततीले हामीलाई नै धिकार्ने उनले बताए।

नेपालभन्दा धेरै पछि अस्तित्वमा आएका भारत र अमेरिकासामु सहयोग माग्नु पर्ने अवस्था आएको र यसको जिम्मेवार सत्ता सञ्चालन गर्ने दलहरु नै भएको उनले बताए।

नेताहरु भ्रष्ट हुँदा नेपाल अहिले विश्वमै धेरै भ्रष्टाचार हुने देशहरुको सूचीमा पर्ने गरेको र नेपालबाट भ्रष्टाचार हटाउनको लागि यी नेताहरुलाई सत्ताबाट बाहिर राख्नु पर्ने लिङदेनले बताए।

किसानलाई आवश्यक पर्ने बेलामा मल दिन नसक्ने र बिरामीलाई सिटामोल समेत दिन सक्ने सरकार नेपाली जनताप्रति संवेदनहीन रहेको लिङदेनले बताए।

कार्यक्रममा राप्रपाका वरिष्ठ नेता पशुपति शम्शेर जबरा, मोहन यादव लगाएतको सहभागिता रहेको थियो।

प्रकाशित: २८ चैत्र २०७८ १४:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App