१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आगामी निर्वाचनमा पूरा नहुने घोषणापत्र नबनाउनुस्: डा.कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले महाअधिवेशनका तिक्तता विर्सेर पार्टीलाई एक ढिका बनाउन नेता कार्यकर्तालाई आग्रह गरेका छन्। 

बिहीबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै डा कोइरालाले कांग्रेस एक भए कसैले पनि निर्वाचनमा हराउन नसक्ने भएकाले सबैलाई एक जुट हुन आग्रह गरेका हुन्।  

‘भर्खरै  सम्पन्न महाअधिवेशनका तिक्ततालाई विर्सेर एक ढिका हुन सबैलाई आग्रह गर्दछु’ कोइरालाले भने‘कांग्रेस एकजुट भए निर्वाचनमा कसैले हराउन सक्दैन।’ डा कोइरालाले आसन्न  निर्वाचनमा बास्ताविकतामा आधारित घोषणापत्र बनाउन  आग्रह गरे। उनले ५ वर्षमा गर्नसक्ने काम मात्रै घोषणा पत्रमा राख्न आग्रह गरे। ‘५ वर्षमा गर्न सक्ने काम मात्रै घोषणा पत्रमा राख्नुस् ’ कोइरालाले भने‘विगतमा जस्तो घोषणा पत्र बनाएर जनतालाई भुलभुलैयामा नपार्नुस्।’ कोइरालाले देशको अवस्थालाई ध्यान दिएर फजुल खर्च नगर्न सबैलाई आग्रह गरे। ‘फजुल खर्च नगरौं ’ उनले भने‘ विलासिताका बस्तुमा गरिने खर्च शिक्षा र स्वास्थ्यमा लगानी गरौं।’

कोइरालाले संघीयता लोकतन्त्रमा मात्रै फष्टाउने भएकाले लोकतन्त्रको रक्षक कांग्रेसलाई निर्वाचनमा विजयी गराउन आग्रह गरे। उनले कम्युनिष्टहरू विकासका सपना बांड्ने तर, काम नगर्ने भएकाले कम्युनिष्टहरूले सपना बाँडेको सँधै जतनाले नपत्याउने बताए। आमसभालाई  नेताहरू महेश आचार्य, डा मिनेन्द्र रिजाल,अमृत अर्याललगायतले सम्बोधन गरेका थिए।

प्रकाशित: २४ चैत्र २०७८ १४:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App