८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

नवनियुक्त कानूनमन्त्री गोविन्द बन्दीले लिए सपथ

नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला गोविन्दप्रसाद शर्मा कोइरालाले पद तथा गोपनीयताको सपथ लिएका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री कोइरालालाई सपथ गराएकी हुन्।

सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रीहरु र उच्चपदस्थ सरकारी कर्मचारीहरूको उपस्थिति रहेको थियो।  

प्रधानमन्त्री शेरबहादुर देउवाले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा गोविन्द बन्दीलाई नियुक्त गरेका थिए। यसअघि कानून मन्त्रालयको नेतृत्व गरिरहेका दिलेन्द्रप्रसाद बडूलाई उद्योग वाणिज्य मन्त्रालयको जिम्मेवारी दिएका छन्।

गठबन्धनको तर्फबाट साझा मन्त्रीका रुपमा बन्दी कानून मन्त्री बनेका हुन्। उनी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालनिकट कानुन व्यवसायी पनि हुन्।

प्रकाशित: २४ चैत्र २०७८ १०:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App