२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

धरानमा जस्तै काठमाडौंमा पनि फोहोरबाट बिजुली र ग्याँस उत्पादन गराैं: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोरबाट बिजुली र ग्याँस उत्पादन गर्न सकिने बताएका छन्। बिहीबार विश्व स्वास्थ्य दिवसको अवसर पारेर काठमाडौंमा आयोजित टाइफाइडबिरुद्धको खोप अभियान सञ्चालनको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले फोहोरबाट बिजुली र ग्याँस उत्पादन गरेर फोहोर व्यवस्थापन गर्नुपर्ने बताएका हुन्। 

उनले काठमाडौंमा फोहोर व्यवस्थापनको कुरा अत्यन्त जरुरी भइसकेको पनि बताए। प्रधानमन्त्री देउवाले धरानमा फोहोरबाट बिजुली र ग्याँस उत्पादन गरी टेम्पो लगायतका साना सवारीसाधन सञ्चालन गरिएको भन्दै काठमाडौंको फोहोरलाई पनि त्यसैगरी व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए। उनले फोहोर व्यवस्थापन गर्नका लागि सरकारबाट चाहिने सहयोग गर्न आफू प्रतिवद्ध रहेको पनि बताए।

सुन्दर शहर काठमाडौं अहिले फोहोरको थुप्रो भएको भन्दै प्रधानमन्त्री देउवाले काठमाडौंलाई सुन्दर र हरियाली बनाउनु आजको आवश्यक्ता भएको बताए। उनले फोहोरलाई डम्पिङ साइटमा फाल्ने नभइ बिजुली र ग्याँस निकालेर यसको उपयोग गर्न सक्नुपर्ने बताए। उनले फोहोरबाट बिजुली र ग्याँस निकाल्ने काम गर्न नेपाल आफैँले सक्ने पनि बताए।

प्रधानमन्त्री देउवाले बालबालिकालाई लगाइने खोप अभियानमा टाइफाइट समावेश गरेसँगै नेपाल दक्षिण एशियामा टाइफाइड बिरुद्धको खोप अभियान सञ्चालन गर्ने पहिलो मुलुक बनेको बताए। उनले फोहोरको उचित व्यवस्थापन गर्नसकेमात्रै पनि कतिपय रोगहरुको निवारण हुने बताए।

प्रकाशित: २४ चैत्र २०७८ ०८:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App