१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

कसैले अनुदान दिन्छ भने देश लिन तयार छः मन्त्री चौधरी

खानेपानी मन्त्री उमाकान्त चौधरीले कसैले अनुदान दिन्छ भने देश लिनलाई तयार रहेको बताएका छन्। उनले एमसीसी सम्झौता राष्ट्र हितका लागि भएको उल्लेख गरे। ‘बिकास विरोधीहरु भ्रम फैलाईरहेका छन्। यो परियोजना आयो भने अमेरिकाको सेना आउछ यहाँको जग्गा कब्जा गर्छ भनेर। चाइना होस् जापान होस। कुनै देश आओस् देशलाई अनुदान दिओस्। हाम्रो देश लिन तयार छ। गलत भ्रम पैदा नहोस्,’ उनले भने।  

देशलाई विधुत पूर्वाधार र सडक विकासका लागि आवश्यकता भएर एमसीसी परियोजना माग भएको मन्त्री चौधरीले बताए। वर्षौदेखि अलपत्र परेको एमसीसी सदनबाट अनुमोदन गराएर प्रधानमन्त्री शेरबहादुर देउवाले ऐतिहासिक काम गरेको उनको दाबी छ। उनले भने, ‘यो परियोजना ऋण हैन। अनुदान सहयोग हो। विश्वको ५० मुलुकमा परियोजनाको काम भईरहेको छ। एमसीसीले हाम्रो आर्थिक समृद्धि र गरिबी निवारणको साथै देशको विकासमा टेवा पुर्‍याउनेछ।’

अरेवियन राष्ट्रहरु तेल बेचेर धनी भए जस्तै नेपाल विद्युत बेचेर गरिबी निवारणमा लाग्ने मन्त्री चौधारीले उल्लेख गरे। भारत भ्रमणमा गएको बेला प्रधानमन्त्री देउवासँग भारतले खरिद गर्ने प्रतिबद्धता जनाएकाले पनि एमसीसी राष्ट्र हितमा भएको उनले जिकिर गरे।

तनहुँको दमौलीमा तनहुँ उद्योग वाणिज्य संघले आयोजना गरेको आठौँ तनहुँ महोत्सवको समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले सरकार स्थानीय तहको निर्वाचन गराउन प्रतिबद्ध रहेकाले तयारीमा लाग्न अनुरोध गरे। निर्वाचन हुँदैन भनेर अफवाह फैलाईएकाले भ्रमको पछाडी नलाग्न उनको सुझाव छ।

प्रकाशित: २१ चैत्र २०७८ १४:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App