coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश १ हिउँदे अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय

प्रदेश नंं.१ मन्त्रिपरिषद्को आइतबार  बसेको बैठकले प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। 

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले सोमबार  राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो।

यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाउने निर्णय भएको जानकारी दिए। 

मन्त्रिपरिषद्को सिफारिसबमोजिम प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा(२) बमोजिम प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने प्रावधान छ।

प्रकाशित: १३ चैत्र २०७८ १०:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App