१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रपति भण्डारी र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटवार्ता भएको छ।

शुक्रबार अपरान्ह काठमाडौं आइपुगेका वाङ यीले केही बेरअघि शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका हुन्।

भेटका क्रममा नेपाल(चीन सम्बन्ध र द्विपक्षीय हित लगायतका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

वाङले आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेट्दैछन्।

प्रकाशित: १३ चैत्र २०७८ ०५:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App