२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपति, ओली र दाहालसँग भेटवार्ता गर्दै

चिनियाँ विदेशमन्त्री वाङ यीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्दैछन्।

मन्त्री वाङले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। यस्तै, उनले आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटवार्ता गर्दै छन्।

विदेश मन्त्री  वाङ यीको नेपाल भ्रमणका क्रममा नेपाल र चीनबीच केरुङ–काठमाडौँ रेलवेको विस्तृत सम्भाव्यता अध्ययनदेखि, कोभिड विरुद्धको खोप अनुदान र नेपालको आर्थिक विकासमा चिनियाँ अनुदान बढाउनेसम्मका नौं विषयमा सहमति भएको छ। तीन दिने नेपाल भ्रमणमा रहेका मन्त्री वाङ आजै दिउँसो बेइजिङ फर्किने कार्यक्रम छ।

प्रकाशित: १३ चैत्र २०७८ ०४:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App