१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता

तीन दिवसीय नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले शनिबार नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गरेका छन्। आज (शनिबार) सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नेपाल र चिनियाँ समकक्षीबीच भेटवार्ता भएको हो।

भ्रमण तालिका अनुसार उक्त भेटपछि प्रतिनिधिमण्डलस्तरीय छलफल हुनेछ। सो पश्चात् आजै नेपाल र चीनबीच विभिन्न सम्झौतामा दुईपक्षीय छलफल तथा हस्ताक्षर पनि हुने बताइएको छ।

चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नेछन्।

प्रकाशित: १२ चैत्र २०७८ १०:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App