coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

परराष्ट्रमन्त्रीलाई भेट्न चिनियाँ विदेशमन्त्री सिंहदरबार जाँदै

चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री नारायण खड्कालाई भेट् गर्न सिंहदरबार जाँदै छन्।

आज अपराह्न साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ समकक्षी वाङबीच हुने भेटवार्ताका लागि उनी सिंहदरबार जान लागेका हुन्।

यस्तै, विदेशमन्त्री वाङले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ।

शिवपुरीबाट फर्केपछि द्वारिका होटलमा रहेका वाङ केहीबेरमा सिंहदरबार जान निस्किने बताइएको छ। परराष्ट्रमन्त्री खड्कासँग भेटघाट गरिसकेपछि ५ बजे प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न उनी बालुवाटार जाने स्रोतले जनाएको छ।

यसैगरि, विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छुट्टाछुट्टै भेट्ने कार्यक्रम तय भएको छ। दाहाल र ओलीसँग वाङले राजधानीको मेरियट होटलमा भेट्ने कार्यक्रम रहेको छ।

प्रकाशित: १२ चैत्र २०७८ ०९:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App