१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेसी नेता भन्छन्ः निर्वाचनमा पार्टी एक्लैले जित्ने अवस्था रहेको ठाउँमा गठबन्धन आवश्यक छैन

नेपाली कांग्रेसका नेताहरुले स्थानीय तहको निर्वाचनमा पार्टी एक्लैले जित्ने अवस्था रहेको ठाउँमा गठबन्धन आवश्यक नरहेको बताएका छन्।

शुक्रबार पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै केन्द्रीय सदस्यहरुले आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कांग्रेस एक्लैले जित्ने ठाउँमा गठबन्धन आवश्यक नरहेको बताएका हुन्। बैठकबारे सञ्चारकर्मीहरुलाई जानकारी दिँदै नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले गठबन्धन गर्दा पार्टीले जित्ने ठाउँमा गठबन्धन गर्ने र गठबन्धन बिना जित्ने ठाउँमा गठबन्धन नगर्ने भनि केन्द्रीय सदस्यहरुले मत राखिरहेको बताए। प्रवक्ता महतले सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न जबर्जस्त निर्णय लाद्न खोजेको भनि गलत प्रचार गरिएको बताए।

उनले पार्टी सभापतिले जबर्जस्त निर्णय नलाद्ने र यसको सम्बन्धमा निर्णय केन्द्रीय कमिटी बैठकले गर्ने बताए। स्थानीय तहको आवश्यकता र वस्तुस्थितिलाई बेवास्ता गरेर माथिबाट कुनै पनि निर्णय नलादिने उनले स्पष्ट पारे।

बैठकमा बोल्ने केन्द्रीय कमिटी सदस्यहरुले घर–घर जाऔँ, कांग्रेस जिताऔँ अभियानको सम्बन्धमा र सम्बन्धित जिल्लाको तल्लो तहसम्मको पार्टी संगठनको अवस्थाको बारेमा रिपोर्टिङ गरिरहेको उनले बताए। प्रवक्ता महतले नेपाल विद्यार्थी संघमा अध्यक्ष तोकिएको विषयलाई विवादित भनेर सम्प्रेषण गर्नु आवश्यक नरहेको बताए। पार्टी सभापति देउवाले पार्टीसँग सरसल्लाह र सुझाव लिएरै निर्णय गरेको उनले बताए।

प्रकाशित: ११ चैत्र २०७८ १३:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App