६ वैशाख २०८१ बिहीबार
राजनीति

सूर्यविनायक नगरपालिका प्रमुखमा युवाको उम्मेदवारी

आउँदो वैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनमा भक्तपुर सूर्यविनायक नगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्रको तर्फबाट एक जना युवाले उम्मेदवारी घोषणा गरेका छन्।

सूर्यविनायक नगरपालिका वडा नं १० चितपोलका ३३ वर्षीय युवा अधिवक्ता विक्रम थापाले स्वतन्त्रको तर्फबाट मेयर पदमा उम्मेदवारी घोषणा गरेका हुन्। शुक्रबार भक्तपुरमा पत्रकार सम्मेलन गरी उनले प्रमुख पदमा उम्मेदवार घोषणा गरेका हुन्।

आफूसहित नगरपालिकाको उपप्रमुख, नगरपालिकाका १० वटै वडाका सवै वडा अध्यक्षहरु, वडा सदस्यहरुसहितको सबै पदहरुमा उम्मेदवारी घोषणा हुने उनले जनाए। तर पहिलो चरणमा प्रमुखको मात्रै घोषणा गरिएको छ।

उम्मेदवारी घोषणासँंगै उनले १९ बुँंदे घोषणापत्र पनि सार्वजनिक गरेका छन्। उम्मेदवार थापा नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेता हुन्। पछिल्लो स्थानीय निकायको निर्वाचनमा उनी एमाले कार्यकर्ताको रुपमा थिए।

प्रकाशित: ११ चैत्र २०७८ ०९:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App