१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रदेश १ को कांग्रेस प्रमुख सचेतकमा राई नियुक्त

नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा सुयर्माराज राई नियुक्त भएका छन्।

नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलका नेता राजीव कोइरालाले उनलाई बिहीबार दलको प्रमुख सचेतक नियुक्त  गरेका हुन्। राई यसअघि दलका सचेतक थिए। तत्कालीन प्रमुख सचेतक केदार कार्की प्रदेश सरकारमा आन्तरिक मामिला मन्त्री बनेपछि कांग्रेस प्रमुख सचेतक पद रिक्त थियो।

यस्तै कांग्रेसको सचेतक राईलाई प्रमुख सचेतकमा नियुक्त गरेपछि सचेतक पद खाली भएको। खाली भएको सचेतक पद पनि केहि दिन भित्रै पदपूर्ती गर्ने नेपाली कांग्रेस प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालाले बताए।

प्रकाशित: १० चैत्र २०७८ ११:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App