१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

पार्टीलाई बलियो बनाउनुपर्छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीलाई बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। नेकपा एकीकृत समाजवादी तनहुँले आज आँबुखैरेनीमा आयोजना गरेको पालिकास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीमा जनताको आकर्षण बढेकाले यसलाई कायम राख्नुपर्ने बताए।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी गाउँ गाउँ पुगेर पार्टीका बारेमा प्रचार गर्न अध्यक्ष नेपालले आग्रह गरे। उनले पार्टीलाई असल कम्युनिष्ट पार्टी बनाउने एकमात्र लक्ष्य रहेकाले सोही लक्ष्यमा हिँड्न सबैलाई अनुरोध गरे।

प्रकाशित: ५ चैत्र २०७८ १४:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App