४ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

म्याग्दीमा एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरू

नेपाली काँग्रेस म्याग्दीले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर ‘जनतासँग नेपाली काँग्रेस’ अभियान सुरू गरेको छ। जिल्लाका ६ वटै स्थानीय तहका प्रत्येक गाउँ वडा र टोलसम्म पुग्ने गरी आइतबारदेखि सुरू भएको एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ जागरण अभियानको पूर्व राज्यमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य चम्पादेवी खड्काले उद्घाटन गरिन्।

उनले आन्तरिक निर्वाचनको रिस, कुण्ठाहरू त्यागेर सामुहिक रुपमै अभियानमा लाग्नुपर्ने बताइन्। ‘एक महिने अभियानले पार्टीलाई बलियो बनाउँछ, अब एकजुट भएर निर्वाचन आफ्नो पक्षमा पार्ने समय हो’ खड्काले भनिन्। उनले केपी ओली नेतृत्वको सरकारका पालामा भएको अनियमितता र भ्रष्टचारको भण्डाफोर गर्नुपर्ने बताइन्।

अघिल्लो सरकारले दुईपटकसम्म प्रतिनिधिसभा विघटन गरी जनमतको अपमान गरेको बताउँदै कांग्रेसको सरकारले विकास निर्माणको कामको प्रचारप्रसार कम भएको बताईन्। ‘कम्युनिष्टको झुट र भ्रमको खेतीलाई अव सप्रिन दिनुहुन्न, भ्रमको नष्ट गरेपछि मात्रै अबको यात्रा सहज हुन्छ’, उनले भनिन्। कम्युनिष्टकै कारण दुई तिहाईको सरकार ढलेकाले संविधानको रक्षाको गर्न पाँच वर्षको लागि प्रतिपक्षमा बसेको कांग्रेस सरकारको नेतृत्व सम्हाल्न बाध्य भएको बताईन्। कांग्रेस म्याग्दीका जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले चुनावलाई लक्षित गरेर ७ फागुनदेखि नै जागरण अभियानको योजना बनाएको बताए।  

‘हरेक गाउँ र टोलसम्म नेतृत्व पुग्नेछ, कार्यकर्तासँग अन्तर्क्रिया गर्दैं समस्या बुझ्छौं र समाधानको बोटो खोज्नेछौं’ सभापति गर्बुजाले भने कार्यक्रममा कांग्रेस म्याग्दीका पूर्व सभापति तथा संविधान सभा सदस्य रेशमबहादुर बानियाँ, उपसभापति तथा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, उपसभापति केबी भण्डारी, पूर्व सहसभापति नेत्रबहादुर महत, सचिव भरत रकाल, कोषाध्यक्ष अमृतमान शेरचन, सहसचिव श्रीराम पौडेल लगायतले मन्तब्य राखेका थिए। अभियानमा जिम्मेवारी दिइएको नेताहरुले स्थानीय तहको निर्वाचनका लागि काँग्रेसले छुट्टै रणनीति तय गर्ने नेपाली कांग्रेसले जनाएको छ।

टोलीले घरदैलो अभियानमार्फत जनताका अति आवश्यक समस्या तथा गुनासो लिएर समेत आउने र प्राथमिकतामा राखेर प्रदेश र संघीय सरकार मातहतका मन्त्रालयमार्फत समेत समस्या समाधानका लागि टोलीलाई जिम्मेवारी दिने बताइएको छ।

प्रकाशित: २९ फाल्गुन २०७८ १५:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App