१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

परिणाम ल्याउने गरी जनताको मन जित्न कांग्रेस नेता गिरीको निर्देशन

नेपालगन्जमा कार्यकर्तालाई सम्बोधन गर्दै कांग्रेस नेता दीपक गिरी। तस्बिरः नागरिक

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले आसन्न निर्वाचनमा सही परिणाम ल्याउने गरी जनताको मन जित्न नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्। ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको आइतबार नेपालगन्जमा उद्घाटन गर्दै केन्द्रीय सदस्य गिरीले पार्टीले सुरु गरेको अभियान सार्थक नहुँदासम्म आसन्न निर्वाचनमा परिणाम नआउने ठोकुवा गरे।  

यो अभियान सफल भएपछि मात्र स्थानीय निर्वाचनमा कांग्रेसले सफलता प्राप्त गर्ने उनको जिकिर छ। ‘हामी जबसम्म पार्टीको यो अभियानमा सफल हुँदैनौँ, तबसम्म आसन्न निर्वाचनमा पनि सफलता प्राप्त गर्न सक्दैनौँ’, उनले भने।  

अभियानका क्रममा आफू वडावडामा खटिन तयार रहेको नेता गिरीले बताए। कांग्रेसको केन्द्रीय प्रतिनिधिका रुपमा बाँकेमा खटिएका उनले अभियानलाई सफल पार्न सबै जना एकताबद्ध भएर लाग्नुपर्ने बताए। कांग्रेस सुध्रिएर गएमा बाँकेका सबै स्थानीय तहमा जित्ने दाबी गरे। गिरीले भने, ‘मेहनत त गर्नैपर्छ साथीहरु, मेहेनत अनुसारको प्रतिफल हामी पाउँछौं।’  

अर्का केन्द्रीय सदस्य एवम् विशिष्ट अतिथी मैकुलाल बाल्मिकीले एमसिसीका विषयमा ब्याप्त रहेको भ्रमलाई चिर्न जरुरी रहेको बताए। यसका लागि गाउँ गाउँमा प्रशिक्षण कार्यक्रम मार्फत कार्यकर्तालाई जागरुक बनाउनुपर्ने उनको सुझाव छ।  

यस्तै कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले आसन्न निर्वाचनमा पार्टीले टिकट वितरण गर्दा कार्यकर्तालाई न्याय गर्ने बताए। सकभर वडामै सर्वसम्मत रुपमा उम्मेदवार तयार गर्न सक्नुपर्ने पूर्वमन्त्री समेत रहेका प्रदेश सभापति पुनले सुझाव दिए।

प्रकाशित: २९ फाल्गुन २०७८ १३:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App