उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा धनी र गरिबका बीचमा हुने विभेदको अन्त्य हुनुपर्ने बताएका छन्।
शुक्रवार २४औँ अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले शिक्षा र स्वास्थ्यमा धनी र गरिबका बीचमा विभेद भएकाले अन्त्य हुनुपर्ने बताएका हुन्।
धनीका छोराछोरीहरुले शिक्षा र स्वास्थ्यमा प्रशस्त अवसरहरु पाएको भएपनि गरिबहरुले यस्तो अवस्थाबाट वञ्चित हुनुपरेको उनले बताए। सबैले बिना भेदभाव सर्वसुलभ रुपमा स्वास्थ्योपचार र शिक्षा पाउनुपर्ने उनले बताए।
उपराष्ट्रपति पुनले कुष्ठरोग प्रभावित सबै व्यक्तिहरु प्रति समान भाव व्यक्त गर्न र सहयोग गर्न पनि आग्रह गरे। कुष्ठरोगको निर्मुल र प्रभावकारी उपचारका लागि उनले नेपाल सरकारको ध्यानाकर्षण गराए।
प्रकाशित: २७ फाल्गुन २०७८ १२:०९ शुक्रबार