१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

चुनावका लागि कांग्रेसले खटायो ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि (नामावलीसहित)

नेपाली कांग्रेसले स्थानीय तह चुनाव केन्द्रित एक महिने अभियानका लागि ७७ वटै जिल्लामा  केन्द्रीय प्रतिनिधि खटाएको छ। केन्द्रीय कार्यालयले केन्द्रीय नेताहरुलाई प्रतिनिधिका रुपमा जिल्ला-जिल्लामा गएर अभियानमा सहभागी हुन खटाएको हो।

कांग्रेसको चुनावलक्षित अभियान फागुन २९ गतेबाट सुरु हुँदैछ। उक्त दिन दिउँसो १ बजे एकैसाथ अभियानको शुभारम्भ गर्ने नेताहरुको तयारी छ। केन्द्रीय प्रतिनिधिहरू फागुन २७ भित्र सम्बन्धीत जिल्ला गइसक्नुपर्नेछ। कांग्रेसले यही फागुन २९ देखि चैत २९ सम्म एक महिना 'घरघर जाऔं, कांग्रेस जिताऔं' अभियान सञ्चालन गर्दैछ।

त्यसलगत्तै वडा र पालिकाका उम्मेदवार तय गरेर दोस्रो चरणको घरदैलो अभियान हुनेछ। प्रधानमन्त्री तथा सोही पार्टी सभापतिसमेत रहेका शेरबहादुर देउवाले चुनावी अभियान प्रभावकारी बनाउन निर्देशन दिएका छन्। पार्टीले जित्ने गरी तयारी गर्न उनको निर्देशन छ।

कांग्रेसले विगतका चुनावभन्दा यसपालि फरक ढंगले प्रचारप्रसार र कार्यकर्ता परिचालन गरी आठ उद्देश्यका साथ केन्द्रीय नेता गाउँ खटाएको हो। कांग्रेसले आफ्ना कुरा राख्नेभन्दा पनि जनताका कुरा धेरै सुन्न प्रतिनिधिहरूलाई निर्देशन दिएको छ।

प्रकाशित: २५ फाल्गुन २०७८ ०७:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App