२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

हमालद्वारा धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा

सुन्दर सुदूरपश्चिमका अभियान्ता गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्ररुपमा उम्मेदवारी घोषणा गरेका छन्। बिहीवार सयौ समर्थकहरुको सहभागिता रहेको एक समारोहकाबीच उनले उम्मेदवारी घोषणा गरेका हुन्। 

मंगलबार मात्र विबेकशिल पार्टीबाट राजीनामा दिएका हमालले सबैको साझा उम्मेदवार बन्न स्वतन्त्र उम्मेदवार बनेर चुनाव लड्ने बताए। धेरै दलले आफ्नो पार्टीमा आएर मेयरको चुनाव लड्न प्रस्ताव गरेको उल्लेख गर्दै स्वतन्त्रबाट चुनाव जितेमा मात्र आफूले चाहे अनुसारको विकासका काम गर्न सकिने उनको भनाई थियो। ‘म हरेक धनगढीवासीको मत र बिश्वासले जित्न चाहान्छु’, उनले भने। केजरीवालले दिल्ली मोडेल र मोदीले गुजरात मोडेल बनाए जस्तै धनगढी मोडेल स्थापित गर्ने उनको दावी थियो। 

धनगढी नगरपालिकाबाट १ रुपैयाँ पनि सुविधा नलिने र नगरपालिकाको गाडी पनि नचढ्ने उनले घोषणा गरे। ‘म बेथिती र भ्रष्टाचार हुन दिँदैन। अहिले व्याप्त भ्रष्टाचार प्रवृतीलाई कल्याणकारी प्रवृतिमा कायम गरेर देखाउने छु’ उनले भने। धनगढी उपमहानगरपालिकाको मेयरमा गत निर्वाचनमा स्वतन्त्र पार्टीबाट निर्वाचन लडेर उनले सम्मानजनक मत प्राप्त गरेका थिए। 

अघिल्लो निर्वाचनमा म दोस्राे भए दोस्राे स्थानलाई पहिलो स्थान नै ठानेर ४ वर्षसम्म धनगढीका लागी के योजना बनाउन सकिन्छ भनेर तयारी गरेर बिताएको उनको भनाई थियो । सम्मानजनक मत प्राप्त गरेका हमाल २०७४ साउन २८ गते विवेकशिल साझा पार्टीमा प्रवेश गरेर सुदूरपश्चिमको संयोजकको जिम्मेवारीमा रहेका हमालले मंगलबार पार्टीको सधारण सदस्यसहितको जिम्मेबारी बाट राजीनामा दिएका थिए।

प्रकाशित: १९ फाल्गुन २०७८ १२:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App