१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

समाजको उन्नयनका लागि महिलाको भूमिका महत्वपूर्णः मन्त्री राई

प्रदेश नं १ का सामाजिक विकासमन्त्री राजन राईले समाजको उन्नयनमा महिलाको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सामाजिक विकास मन्त्रालयले आयोजना गर्न लागेको  कार्यक्रमबारे  आज सरोकारवालाबीच भएको छलफलमा उनले सो कुरा बताएका हुन्। मन्त्री राईले महिलामाथि हुने विभेदविरुद्ध हरेक वर्ष मनाइने उक्त दिवसलाई व्यापक र  सिर्जनात्मकरुपमा मनाउनुपर्नेमा जोड दिए।

आगामी मार्च ८ तारिकका दिन प्रभातफेरी र दीपप्रज्वलन गरी दिवस मनाइने निर्णय भएको उक्त मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले बताए। ‘सामाजिक न्याय लैङ्गिक समानता, दीगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ फागुन गते बिहान २४ प्रभातफेरी कार्यक्रम विराटनगरस्थित देवकोटा चोबाट सुरु गरिने उनले जानकारी दिए। रासस 

प्रकाशित: १९ फाल्गुन २०७८ ०५:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App