१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

एमसीसीमाथि आज सामान्य छलफल मात्रै हुने

अमेरिकी सहयोग परियोजना (एमसीसी) माथि आजको प्रतिनिधिसभा बैठकमा सामान्य छलफल मात्रै हुने भएको छ।

संसद् बैठक बस्नुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसी कसरी अघि बढाउने भन्ने छलफल हुँदा सांसदहरूबीच सामान्य छलफल मात्र हुने सहमति भएको हो।

नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले आजको संसद् बैठकमा एमसीसीमाथि सामान्य छलफल मात्रै हुने जानकारी दिए। ‘आजको बैठकमा सामान्य छलफल मात्र हुन्छ, निर्णयार्थ पेस हुँदैन। दैनिक छलफल मात्र हुन्छ,’ नेता रिजालले न्युज कारखानासँग भने।

एमसीसी निर्णयार्थ पेस गर्दा कसरी गर्ने भन्नेमा अहिले विवाद देखिएको छ। कांग्रेसले ध्वनि मतका आधारमा टुंगो लगाउनुपर्ने र सभामुख अग्निप्रसाद सापकोटासहित माओवादी केन्द्र मत विभाजनको प्रक्रियामा जानुपर्ने अडानमा छ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले पनि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) आजै संसदबाट अनुमोदन हुने सम्भावना नरहेको बताएकी छन्। ‘आजको बैठकमा सांसदहरूले धारणा राख्नुहुनेछ। धारणा राख्ने क्रम नै सकिँदैन होला, तथर्स आजको बैठकबाटै एमसीसी अनुमोदन हुने सम्भावना न्यून छ,’ उनले भनिन्।

प्रकाशित: १२ फाल्गुन २०७८ ०८:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App