१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

न्यायालयमा भएको गतिरोध अन्त्यको लागि महाअभियाेग: मन्त्री बडु

कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराबिरुद्ध दर्ता भएको महाअभियोगको प्रश्तावमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि साथ दिने बताएका छन्।

आईतवार नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का सांसदहरुले प्रधानन्यायाधीश जबराबिरुद्ध संघीय संसद सचिवालय महाअभियोगको प्रश्ताव दर्ता गराएका हुन्। सो क्रममा बोल्दै मन्त्री बडूले न्यायालयमा भएको गतिरोध अन्त्यको लागि र संवैधानिक ढंगले न्यायपालिका सुचारु गराउने कुरामा सबै दलले साथ दिने बताए।

उनले प्रधानन्यायाधीश जबराले न्यायपाललिका संवैधानिक रुपबाट सञ्चालन गर्न नसकेको भन्दै न्यापालिकामाथि आउनसक्ने खतरालाई मध्यनजर गरेर महाअभियोगको प्रश्ताव दर्ता गरेको बताए। मन्त्री बडूले प्रधानन्यायाधीश जबराबिरुद्ध संवैधानिक निकास आवश्यक रहेको भन्दै दुई तिहाईले यसलाई समर्थन गर्ने विश्वास व्यक्त गरे।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ, नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक जीवनराम श्रेष्ठको प्रश्ताव तथा नेपाली काँग्रेसका सांसद मिनेन्द्रप्रसाद रिजाल लगायत गठबन्धनका ९५ जना सांसदहरुको समर्थनमा महाअभियोग प्रश्ताव दर्ता भएको छ । 

प्रकाशित: १ फाल्गुन २०७८ ०८:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App