३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

काँग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक यही हप्ता भित्र बस्ने

नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक यही हप्ता भित्र बस्ने भएको छ। 

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको भातृ संस्थाहरुको महाधिवेशन गर्ने विषयलाई मुख्य एजेण्डा बनाएर यही हप्ता भित्र पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठक बोलाउने विषयमा छलफल भईरहेको बताए।

काँग्रेस नेतृत्वमाथि पार्टीको विधान र संघीयताको भावना अनुसार भातृ संस्थाहरुको विधान मस्यौदा भएपनि पार्टीले स्विकृति नदिएका कारण नेविसंघलगायतका भातृ संस्थाहरु पुरानै विधानमा चलिरहेको आरोप छ।

जसका कारण गतिहीन हुन पुगेको संगठनलाई प्रभावकारी बनाई शैक्षिक क्षेत्रमा देखिएमा समस्या समाधानका लागि पनि छिटो भन्दा छिटो नेविसंघको महाधिवेशन गर्नुपर्ने त्यसमा आवद्ध विद्यार्थीहरुको माग छ।

प्रकाशित: १८ माघ २०७८ ०९:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App