coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रियसभाको बैठक माघ १७ गते

राष्ट्रियसभाको बैठक यही माघ १७ गते  सोमबार अपहन्न १ बजे बस्ने भएको छ।

सङ्घीय संसदका महासचिव डा.भरतराज गौतमद्वारा आज जारी सूचनामा राष्ट्रियसभाको बैठक माघ १७ गते बस्ने उल्लेख छ।

उक्त बैठक यही माघ २ गते आइतबारको सूचनामार्फत् अर्को सूचनाद्वारा नतोकिएसम्मका लागि स्थगित भएको थियो।

आज प्रकाशित सो सूचनामा भनिएको छ,'राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (१) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०७८ साल माघ १७ गते सोमवार दिनको १ बजे बैठक बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।'

प्रकाशित: १३ माघ २०७८ १०:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App