४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

म स्थानीय निकायलाई पदाधिकारीविहीन बनाउने पक्षमा छैनः नेता सिंह

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफू स्थानीय निकायलाई पदाधिकारीविहीन बनाउने पक्षमा नरहेको बताएका छन्। नेता सिंहले स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरे अनुसार समयमै हुनुपर्ने पनि स्पष्ट पारे।

शनिबार काठमाडौंको चाक्सीबारीस्थित आफ्नै निवासमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले संविधानको मर्म र भावना विपरित कुनै पनि तहको निर्वाचनमा जान नहुने बताए। उनले पाँच वर्ष कार्यकाल पूरा गरेको ६ महिना भित्र स्थानीय तहको निर्वाचन हुनुपर्छ भन्ने कुरा संविधानमा उल्लेख भएको र सोही अनुसार हुनुपर्ने दावी समेत गरे।

‘मैले सुरुदेखि नै भन्दै आएको छु। हामीले जाने भनेको त संविधानको भावना र मर्म बमोजिम नै सबै कामहरु हुनु पर्‍यो। स्थानीय तहको कार्यअवधि त पाँच वर्षका लागि हो। कार्यअवधि भन्दा स्थानीय निर्वाचन ऐनले २ महिना अगावै स्थानीय तहको निर्वाचन भएको हुनुपर्छ भनेको छ,' पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले भने, 'तर संविधानले के भन्छ भन्दाखेरी कार्यकाल पाँच वर्षका हो। तर, कार्यकाल सकिएको ६ महिना भित्र नै गर्नुपर्छ भन्ने संविधानको कुरा छ। तर अहिले आएर के हो भन्दाखेरी यो संविधानको समग्र मर्मलाई काम गर्नुपर्छ।’

प्रकाशित: ८ माघ २०७८ १२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App