१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मन्त्री यादवको बचाउमा प्रदेश सरकार

संघीय सरकारमा मन्त्री रहेकी जसपा नेतृ रेणुकुमारी यादवले दिएको अभिव्यक्तिको बिरोध हुन थालेपछि मधेस प्रदेश सरकार बचाउमा उत्रेको छ।

माघ ५ गते मन्त्री यादवले दिएको अभिव्यक्तिलाई लिएर आन्दोलन सुरु हुनुका साथै राजीनामाको माग समेत सबैतिरबाट भइरहेको बेला मधेस प्रदेश सरकार मन्त्री यादवको बचाउमा लागेको हो।

प्रदेश सरकारमा राज्यमन्त्री रहेका योगेन्द्र राय यादवले माघ ५ गते नियोजित रूपमा २०/२५ जनाले गौरको बिपी चोकमा आक्रमण गर्न खोजेको र केही गाडी तथा मोटरसाइकलमा जनमत पार्टीका कार्यकर्ताले क्षति पुर्‍याएको भन्दै क्षतिपूर्ति नदिए प्रतिकार गर्ने चेतावनी दिएका छन्।

रौतहटको चन्द्रपुरमा पत्रकार सम्मेलन गर्दै राज्यमन्त्री यादवले संघीय मन्त्री यादवले बलिदान दिवस मनाउने क्रममा दिएको अभिव्यक्तिको आशय प्रचार गरेजस्तो नभएको भन्दै बचाउ गरे। त्यस दिन जनमतका कार्यकर्ताले धेरै गाडीमा क्षति पुर्‍याएको भन्दै क्षतिपूर्ति नदिए आन्दोलन गर्ने चेतावनी दिए।

आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने राज्यमन्त्री यादवको भनाइ छ। जनमत पार्टीका मुखिया सिके राउतले लगाउने कपडा र उनको कपालप्रति  कटाक्ष गर्दै प्रदेश राज्यमन्त्री यादवले दश लाखको सुटबुट लगाएर किसान आन्दोलनको नाममा राजनीति गर्न खोजेको आरोपसमेत लगाए पत्रकार सम्मेलनमा कार्यक्रममा राज्यमन्त्री यादवले सबै समय संघीय मन्त्री यादवको बचाउ तथा सिके राउतको विरोधमा खर्च गरेका थिए।

प्रकाशित: ८ माघ २०७८ ०७:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App