११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेपालबाट लगिएको सहायता सामग्री अफगानिस्तानमा राष्ट्रसंघका प्रतिनिधिलाई हस्तान्तरण

नेपालले अफगानिस्तानका लागि लगेको करिब १४ टन मानवीय सहायता सामग्री हस्तान्तरण गरेको छ। परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल नेतृत्वको टोली हिमालय एयरलाइन्सको जहाजबाट करिब १४ टन सहायता सामग्री लिएर आज बिहान काबुल प्रस्थान गरेको थियो।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालको नेतृत्वमा पुगेको नेपाली टोलीले काबुल विमानस्थालमा सहायता हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार १० टन मानवीय सहायता सहसचिव लम्साले संयुक्त राष्ट्रसंघ महासचिव सहायक विशेष प्रतिनिधि डा. रमिज अल्कबारोभलाई हस्तान्तरण गरेकी थिइन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरेर परराष्ट्रमन्त्री डा नारायण खड्काले संयुक्त राष्ट्रसङ्घले उपलब्ध गराएको सूचीअनुसार औषधि, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री नेपालले मानवीय सहायतास्वरुप उपलब्ध गराएको बताएका थिए।

सहायता सामग्री संयुक्त राष्ट्रसङ्घ, यहाँस्थित महावाणिज्य दूत, नेपालका उद्योगी, व्यवसायी, हिमालयन एयरलाइन्स, नेपाल आयल निगमलगायतबाट प्राप्त भएको हो। सहसचिव लम्साल नेतृत्वको टोलीले आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित: २ माघ २०७८ ०९:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App