१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

साझा प्रकाशनले अन्य निकायबाट सहयोग पाउने अपेक्षा नराख्नूः मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले साझा प्रकाशनलाई अन्य निकायबाट सहयोग पाउने अपेक्षा नराख्न चेतावनी दिएकी छन्।  

आफ्नै छापाखाना, देशभर फैलिएको बिक्रीकक्ष, अनुभवी कर्मचारी हुँदाहुँदै पनि साझा प्रकाशन कमजोर हुँदै गएकोमा आपत्ति जनाउँदै मन्त्री श्रेष्ठले अन्य निकायबाट सहयोग पाउने अपेक्षा नराख्न त्यसको संचालक समितिलाई चेतावनी दिएकी हुन्।

शुक्रबार ललितपुरको पुल्चोकस्थित साझा प्रकाशनको भवनमा आयोजित साधारण सभामा बोल्दै उनले साझा प्रकाशनलाई सफलतातर्फ डोहोर्‍याउन सकिने तर त्यसका लागि त्यहाँको संचालक समिति र कर्मचारी इमान्दार तथा मेहनती हुनुपर्ने स्पष्ट पारिन्। मन्त्री श्रेष्ठले साझा प्रकाशनजस्तो गौरवशाली इतिहास भएको साहित्यिक संस्थालाई अघि बढाउन संचालन समितिमा रहेकाहरु आर्थिक रुपले अनुशासित हुनुपर्ने पनि औंल्याइन्।  

मन्त्री श्रेष्ठले साझा प्रकाशन कमजोर हुनुको कारणबारे खोजी गरेर मात्रै त्यसको सफलताका लागि अघि बढने सकिने धारणा पनि राखिन्। उनले आफू साझा प्रकाशनको उन्नतिका लागि आवश्यक साथ र सहयोग गर्न प्रतिवद्ध रहेको पनि बताइन्।

प्रकाशित: ३० पुस २०७८ १२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App