६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

नेपाली काँग्रेसका सचेतकद्वारा स्वास्थ्यमन्त्री खतिवडाको ध्यानाकर्षण

नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसाल गौतमले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको ध्यानाकर्षण गराएकी छन्। कोरोना संक्रमणको तेश्रो लहरको रुपमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को फैलावट बढिरहेको समयमा स्वास्थ्य जोखिम कम गर्नका लागिअ आवश्यक पहल गर्न उनले स्वास्थ्यमन्त्री खतिवडाको ध्यानार्कषण गराएकी हुन्।

लामो समयदेखि संसद अवरुद्व रहेको अवस्थामा जनसरोकारका महत्वपूर्ण बिषयहरुका बारेमा छलफल हुन नपाएकोले मन्त्री खतिवडासँग भेटी ध्यानाकर्षण गरेको सचेतक गौतमले बताइन्।

सो क्रममा परीक्षणको दायरा बढाई समयमै कोरोना नियन्त्रण गर्नका लागि तत्काल पहल गर्नुपर्ने, बृद्वबृद्वा÷दीर्घरोगीहरु र बालबालिकाहरु बढी जोखिममा पर्ने हुँदा उच्च प्राथमिकतामा राख्नुपर्ने, नेपालमा तत्काल सबै नागरिकसामु खोप÷बुष्टर पुर्याउनुपर्ने दायित्व र प्राथमिकता नेपाल सरकारको भएको हुँदा पर्याप्त खोप÷बुष्टरमा सर्वसाधरणको सहज र सरल पहुँच पुर्याउन सम्बन्धित सबै संयन्त्रलाई परिचालन गर्नका लागि निर्देशन दिन उनले आग्रह गरिन्।

ध्यानाकर्षण पत्र बुझाउँदै उनले नयाँ भेरियन्टका कारण बढ्न सक्ने संक्रमितको चापलाई मध्यनजर राख्दैं देशभरीका स्वास्थ्य केन्द्र, अस्पतालहरुमा पर्याप्त तयारीका लागि सरकारबाट सक्दो सहयोग प्रदान गर्न, स्वास्थ्यकर्मी, चिकित्साकर्मी, सुरक्षाकर्मी एवं कोरोना रोकथामका लागि खटिरहेका ‘फ्रन्टलाइनर’ लाई प्रोत्साहन स्वरुप कोरोना सुविधा÷राहत प्रदान गर्दै सर्वसाधारणलाई समेत कोरोना बीमाको व्यवस्था गर्न पनि अनुरोध गरेकी छन्।

उनले नयाँ भेरियन्ट फैलन नदिन सिमामा हेल्थ डेक्स, होल्डिङ सेन्टर÷आइसोलेसन सेन्टरको समयमा व्यवस्थापन गर्न केन्द्र, प्रदेश र स्थानीय तहहरुसँग समन्वय गर्न पनि सुझाव दिँदै कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारको तर्फबाट तुरुन्त योजना बनाई कार्यान्वयन गर्न स्वास्थ्यमन्त्री खतिवडासमझ आग्रह गरिन्।

प्रकाशित: २९ पुस २०७८ १०:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App