७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

एमाले सुनसरीको अध्यक्षमा ३ जनाको उम्मेदवारी, सर्वसम्मत नेतृत्वको सम्भावना क्षीण

नेकपा एमाले सुनसरीमा सर्वसम्मत नेतृत्व चयनको सम्भावना कम हुँदै गएको छ। आकांक्षीहरुबीच नेताहरुले सहमतिको प्रयास जारी राखे पनि आइतबार अध्यक्ष पदमा ३ जनाले उम्मेद्वारी दर्ता गराएका छन्। यद्यपि, सोमबारसम्म उम्मेदवारी फिर्ता लिने समय भएकोले सहमतिको सम्भावना भने जिवितै रहेको एमाले नेताहरुको भनाइ छ। एमाले सुनसरीको इनरुवामा ७ औं जिल्ला अधिवेशनमा जारी छ।  

अध्यक्ष पदमा खेमराज पोख्रेल, रेवतीरमण भण्डारी र द्धारिकलाल चौधरीले उम्मेद्वारी दर्ता गराएको जिल्ला निर्वाचन कमिटीले जानकारी दिएको छ। पोख्रेल अधिवेशन आयोजक कमिटीका अध्यक्ष थिए भने भण्डारी र चौधरी दुवै सुनसरीका पुर्वअध्यक्ष हुन्। पोख्रेल र भण्डारी संस्थापन पक्षका हुन्। चौधरी इटहरीका मेयर हुन्। उनी यसअघि पनि अध्यक्ष भइसकेका थिए। मेयरमा निवार्चित भएपछि उनले उपाध्यक्षलाई कार्यवाहक दिएका थिए। पुष ५ गतेको राजनीतिक घटनाक्रम पनि भने उनी तटस्थ रहेका थिए।

निर्वाचन कमिटीका सदस्य विरेन्द्र बाबु बस्नेतका अनुसार १ जनाको उपाध्यक्ष पदमा पनि ३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। मनोनयन दर्ता गर्नेहरुमा लिलम बस्नेत, निलम खनाल र नन्दकुमार बस्नेत छन्। लिलम र निलम संस्थापन पक्षका हुन् भने नन्दकुमार १० बुँदे पक्षका हुन्। एक जनाको सचिव पदमा २ जनाको उम्मेदवारी परेको छ। उम्मेदवारी दर्ता गर्नेमा संस्थापन पक्षका पर्शुराम यादव र १० बुँदे पक्षका शुत्रघन यादव रहेका छन्।

मात्र २ जना उपसचिव पदमा ७ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। संस्थापन पक्षका अञ्जनीकुमार पोख्रेल, लहरुमाया जिमी, राम कोइराला, योग्यराज खड्काले उम्मदवारी दर्ता गरेका छन् भने पुर्वमाओवादी पक्षबाट अर्जुन गहतराजले पनि दर्ता गरेका छन्।

यस्तै १० बुँदे पक्षका पदमप्रसाद लिम्बु र लोकेश निरौलाले पनि उम्मेदवारी दर्ता गराएको निर्वाचन कमिटीले जानकारी दिएको छ।

निर्वाचन कमिटीले मतदान कहिले गर्ने भन्ने निर्णय नगरेको भएपनि पुष २७ गते मतदान गर्ने मानसिकता बनाएको निर्वाचन कमिटी सदस्य बस्नेतले बताए। अधिवेशनमा आयोजक र प्रतिनिधिहरु गरि कूल २ हजार बढी मतदाताहरु छन्। अधिवेशनले अध्यक्ष, उपाध्यक्ष एक, सचिव एक र उपसचिव २ सहित १३५ जनाको कार्यसमिति निवार्चित गर्नेछ।

प्रकाशित: २५ पुस २०७८ १४:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App