४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमाले बैतडीमा सहमति जुटेन, दुई प्यानल चुनावी मैदानमा

नेकपा एमालेको बैतडीको जिल्ला अधिवेसनमा नयाँ नेतृत्व चयनको लागि सहमति जुटन नसकेपछि दुई प्यानल चुनावी मैदानमा छन्। आठौं जिल्ला अधिवेशन पश्चात बन्दसत्रपछि नयाँ नेतृत्व चयनका लागि दुई समूहले उम्मेदवारी दर्ता गराइसकेका छन्। 

सहमतिमा जिल्ला नेतृत्व चयन गर्न लगातार २ दिनसम्म छलफल गरिए पनि सहमति नहुदाँ अन्ततः प्यानलसहित दुबै समूह निर्वाचनमा होमिएका छन्। वर्तमान अध्यक्ष सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले समूह बनाएर उम्मेदवारी गराएका छन्।

उम्मेदवारी मनोनयनको समय शनिबार साँझ ७ बजे देखि १० बजे सम्म राखिएकोमा दुबैले आ–आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएका हुन्। आइतबार मतदान हुने बताइएको छ। पाल प्यानलबाट उपाध्यक्षमा रमिल बम, सचिवमा चक्रबहादुर कार्की, उपसचिवमा सरस्वती नेपाली र लोकेन्द्र भण्डारीले उम्मेदवारी दिएका छन्।

चन्द प्यानलबाट उपाध्यक्षमा भरतसिंह महरा, सचिवमा सन्तोषप्रकाश जोशी, उपसचिवमा भगिरथ कुँवर र जनकबहादुर चन्दले उम्मेदवारी दिएका छन्। यस्तै जिल्ला सदस्य लगायतका पदमा पनि दुबै समूहले उम्मेदवारी दिएका  छन्। नयाँ नेतृत्व चयनका लागि जिल्लाभरीबाट छनोट भएर आएका ५ सय ३५ जना प्रतिनिधिहरुले मतदान गर्नेछन्।

प्रकाशित: २५ पुस २०७८ ०६:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App