७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

एमाले मोरङ अध्यक्षमा ऋषिकेश पोखरेल निर्वाचित

नेकपा एमाले मोरङको नवौं अधिवेशनबाट अध्यक्षमा ऋषिकेश पोखरेल पुनः निर्वाचित भएका छन्। शनिबार भएको मनोनयनमा अध्यक्षमा ऋषिकेश पोखरेल, उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रुपेश खतिवडा, सहसचिवमा शान्तिकुमारी लिम्बू र सन्तोष साहको मात्रै उम्मेद्वारी परेको छ। उक्त पदमा अन्यको उम्मेद्वारी नपरेपछि पदाधिकारीहरू स्वतः निर्विरोध निर्वाचित भएका हुन्।

यसैगरी १ सय ६५ जनाको जिल्ला समितिमा ४ सयको हाराहारीमा उम्मेद्वारी परेको  छ। उम्मेद्वारी फिर्ताको समय आइतबार दिउँसो ३ बजेसम्मका लागि राखिएको छ। पदाधिकारी निर्विरोध भइसकेको र सदस्यहरू पनि सर्वसम्मत नै निर्वाचित हुने नव निर्वाचित सचिव रुपेश खतिवडाले बताए।

प्रकाशित: २४ पुस २०७८ १३:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App