coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमाले काठमाडौंको नेतृत्व चयन सर्वसहमतिबाटै

नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौंको नेतृत्व सर्वसहमतिमै चयन हुने भएको छ। जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा एमाले जिल्ला कमिटी काठमाडौंले विहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष कृष्ण राईले नेतृत्व चयन सर्वसहमतिमै हुने बताए।

पत्रकारमाझ अध्यक्ष राईले भने, ‘ जिल्ला र प्रदेश गरेर अब दुई वटा अधिवेशन बाँकी छ। जिल्लाभन्दा एक तहमाथि प्रदेश कमिटीमा रहने साथीहरूको भर्खरै बसेको बैठकले समेत केन्द्रीय कमिटीले भनेकै अनुसार सर्वसहमतिकै निर्णय गरेको छ।’

सर्वसहमति भनेर फेरि पार्टी कार्यकर्तालाई लोकतान्त्रिक प्रक्रियाबाट बञ्चित गर्ने मनसाय पटक्कै होइन, अध्यक्ष राईले अगाडि भने, ‘सर्वसहमति भन्ने बित्तिकै निरङ्कुशता लाद्ने परिवेशको कुरा होइन। सहमतिमा नेतृत्व छन्दा पार्टीमा खर्चिएको समय, योग्यता, क्रियाशीलता र क्षमता सबैलाई विशेष ध्यान दिइने छ।’

अन्य पार्टीबाट आएका साथीहरूलाई एकता प्रक्रियामा सहभागी गराउनुपर्ने र आजीवन एमालेमै बिताउने कार्यकर्ताको भावनालाई पनि समेट्नुपर्ने भएका कारण सर्वसहमतिमा जोड दिइएको समेत अध्यक्ष राईले प्रष्ट्याए।

सर्वसहमतिमा शंका गर्न नहुने बताउँदै राईले लोकतान्त्रिक पद्दति परिपालना गर्नेमा एमाले नै पहिलो दल भएको जिकिर गरे। उनले अगाडि थपे, ‘सबैभन्दा बढी लोकतान्त्रिक अभ्यास र पद्धतिमा विश्वास गर्ने पार्टी समेत एमाले हो।

आफूलाई अधिक प्रजातान्त्रिक ठान्ने नेपाली कांग्रेसले समेत पोखरा महाधिवेशनभन्दा पहिले पार्टी सदस्यको छनोट नै जानेको थिएन। धेरै प्रतिनिधि उतार्ने र भद्रगोल हुने अवस्था थियो। एमालेभित्र त्यस्तो कहिल्यै भएन। पछि कांग्रेस पनि सच्चियो।’

काठमाडौंमा रहेका स्थानीय तह सबैमा सर्वसहमतिले नेतृत्व चयन भएको समेत उल्लेख गर्दै अध्यक्ष राईले जिल्ला कमिटी समेत सर्वसहमतिमा जुटेको सुनाए। 

प्रकाशित: २३ पुस २०७८ ०३:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App