१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कर्मचारीमा कोरोना देखिएपछि माओवादी केन्द्रीय कार्यालय बन्द

नेकपा (मा‌ओवादी केन्द्र) को केन्द्रीय कार्यालयका कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कार्यालय बन्द गरिएको छ।

१० जना कर्मचारी र केन्द्रीय सदस्यसहित २० जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा कोरोना संक्रम्ण भेटिएको कार्यालय सचिव श्रीराम ढकालले नागरिकलाई बताए। उनका अनुसार लेखा प्रमुख देवेन्द्र पराजुली, कार्यालय सचिव डोरप्रसाद उपाध्याय, क्यान्टिन सञ्चालक सञ्जीव थापा, अंशु पुडासैनी, विनोद थापा लगायतलाई कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएसँगै इमर्जेन्सीबाहेक कार्यालयसहित क्यान्टिन पनि बन्द गरिएको छ।  

कार्यालय सचिव ढकाल र आइटी प्रमुख शिव खकुरेललाई भने संक्रमण नभएको उनले बताए।

केन्द्रीय कार्यालयमा कार्यरत धेरैलाई कोरोना भएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि आफ्नो निवासमा हुने भौतिक भेटघाटलाई आजदेखि बन्द गरेका छन्।

प्रकाशित: २२ पुस २०७८ ११:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App