coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा सदस्य निर्वाचन: गण्डकीमा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

आगामी माघ १२ गते गण्डकी प्रदेशमा राष्ट्रियसभाको तीन पदको लागि हुने निर्वाचनमा मंगलबार गठबन्धन र नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गरेका छन्।  

राष्ट्रिय सभाको चुनावको लागि नेपाली काँग्रेसले माओवादीलाई दुईवटा दिएर एउटा आफुले राखेको छ। एमालेको खुला(अन्य) तर्फ पुण्यप्रसाद पौडेल, महिला तर्फ लिला थनेत र दलित क्लष्टरबाट अर्जुनकुमार सुनामको मनोनयन परेको छ। गठबन्धनबाट माओवादीको तर्फबाट सुरेश आलेमगर खुला तर्फ प्रतिस्पर्धामा रहँदा नेपाली काँग्रेसकी कमला पन्त महिलातर्फ र माओवादीकै भुवन सुनार दलित तर्फबाट मनोनयन गर्दा गराएका छन्।  

राष्ट्रिय सभामा५९ सदस्य छन्। कार्यकाल ६ वर्षको हुन्छ। पहिलो एक कार्यकालको लागि गोला प्रथाबाट समयावधि निर्धारण गरिएको थियो। पहिला दुई वर्षको समय सकिएसँगै निर्वाचन भईसकेको छ। १९ सदस्यको निर्वाचन भएको थियो। आगामी फागुनमा २० सदस्यको पदावधि सकिदैंछ। त्यसका लागि आगामी माघ १२ गते निर्वाचन हुदैं छ। हाल एकिकृत समाजवादीकी सदस्य शान्तिकुमारी परियार, माओवादबाट निर्वाचित भएका दिननाथ शर्मा र माओवादीकै खिमबहादुर विकको पदावधि सकिएको छ। उनीहरुको पदावधि सकिएसँगै निर्वाचन आयोगले आगामी माघ १२ गते निर्वाचनको मिति तय गरेको हो।  

गण्डकी प्रदेशमा नेकपा एमालेको २७ संसद छन्। १ हजार २ सय ९६ मतभार छ। १५ संसद रहेको नेपाली काँग्रेसको ७२० मतभार छ। माओवादीको १२ संसद छन्, ५७६ मतभार छ। राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको ९६÷९६ मतभार रहेको तथ्यांक छ। स्थानीय तहमा नेपाली काँग्रेसको ८३ प्रतिनिधि छन्। १ हजार ४ सय १८ मतभार छ। त्यस्तै नेकपा एमालेको ७० प्रतिनिधि छन्। १ हजार २ सय ६० मतभार रहेको छ। त्यस्तै माओवादीको १२ प्रतिनिधि छन्। २ सय १६ मतभार छ। जनमोर्चाको ३ प्रतिनिधि र राष्ट्रिय प्रजातन्त्र पार्टीको २ प्रतिनिधि छन्। जनमोर्चाको ५४ र राप्रपाको ३६ मतभार रहेको छ।  

प्रकाशित: २० पुस २०७८ १०:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App