७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

एमाले धरान विवाद : ६ महिनाभित्र अधिवेशन गर्न निर्देशन

नेकपा एमाले धरान उपमहानगर कमिटीको विवाद मत्थर बनाउन ६ महिनाभित्र अधिवेशन गर्न सुनसरी जिल्ला कमिटी निर्देशन दिएको छ।

विवाद मिलाउन गठन गरेको कार्यदलको सिफारिश वमोजिम जिल्ला कमिटी कार्यदलले निर्णय गरेर परिपत्र पठाउदै ६ महिनाभित्र धरान उपमहानगर कमिटीको अधिवेशन गर्न निर्देशन दिएको हो।

विगतमा दुवै कमिटीमा जिम्मेवारीमा रहेका सदस्यहरु स्वतः उपमहानगर कमिटी सदस्य हुने पनि निर्देशन पत्रमा उल्लेख छ ।जिल्लाको निर्देशन अनुसार आगामी असार भित्र एमाले धरानको अधिवेशन गर्नुपर्नेछ। एमाले धरानको अध्यक्ष हर्कजंग एभेङले जिल्ला कमिटीले दिएको निर्देशन कार्यान्वयन गर्ने बताए।

उनले कार्यकर्ताको माग र नेतृत्वले दिएको निर्देशन मान्य हुने पनि उनले बताए। ‘कार्यकर्ताको माग र नेतृत्वले दिएको निर्देशन मान्य हुन्छ, निर्देशन कार्यान्वयन गछौं’, उनले भने। अध्यक्ष एभेङले सबैलाई समेटेर जाने प्रतिक्रिया दिँदै कसैलाई काखा र पाखा आफूबाट नहुने दाबी गरे। धरानमा गत कार्तिक ९ गते २ पक्षले अलग अलग अधिवेशन गर्दै कमिटी गठन गरेको थियो। संस्थापन पक्षले हर्कजंग एभेङको अध्यक्षतामा ८५ सदस्यीय कमिटी गठन गरेको थियो भने जेठ २ पक्षधरले नारायण सुवेदीको अध्यक्षतामा ८५ सदस्यीय कमिटी गठन गरेको थियो।

दुवै पक्षले समानान्तर गतिविधि गर्दै आधिकारिकता दाबी गरेपछि पुष ७ गते जिल्ला कमिटीको पूर्ण बैठकले समस्या समाधान गर्न जिल्ला अध्यक्ष खेमराज पोख्रेलको अध्यक्षतामा ५ सदस्यीय कार्यदल गठन गरेको थियो।

उक्त कार्यदलले अध्यक्षमा एभेङलाई अध्यक्षमा निरन्तरता दिदै सुवेदीलाई धरान उपमहानगर कमिटीको इञ्चार्जको जिम्मेवारी दिन सिफारिश गरेको थियो। उपाध्यक्ष रहेकी सविता राईलाई ७ औं जिल्ला अधिवेशन आयोजक कमिटीको सदस्यमा मनोनित गर्न सिफारिश गरेको थियो।

कार्यदलको सिफारिश अनुसार धरान उपमहानगर कमिटीको उपाध्यक्षमा पारस काङमाङ, सचिवमा सुदेश चापागाई छन् भने दुई जना उपसचिव कमिटीलाई निर्णय गर्ने जिम्मा दिइएको छ।

प्रकाशित: १३ पुस २०७८ १४:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App