बारामा डुबेर एक ७ वर्षीय बालकको मृत्यु भएको छ।
जिल्लाको कलैया उपमहानगरपालिका-३ गंगापुर बस्ने राम ईश्वर साहको छोरा ७ वर्षीय संजित साह सोही ठाउँस्थित खाल्डोमा डुबेका थिए। डुबेर गम्भिर भएका उनलाई तत्कालै उपचारका लागि आर्शिवाद अस्पताल लगिएको थियो।
उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको छ।
प्रकाशित: २२ श्रावण २०८२ १५:०७ बिहीबार





