नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश २ मा नयाँ नेतृत्व चयनका लागि भैरहेको मतदानअघि पाँच जना निर्विरोध भएका छन्।
प्रदेश सदस्य खुलामा आशाराम चौधरी (सप्तरी) र महिला खुला सदस्यमा विमलादेवी साह (सप्तरी) तथा उषा देवकोटा (महोत्तरी) निर्विरोध निर्वाचित भएका छन्।
प्रदेश मधेसी महिलामा किरण कुमारी (पर्सा) र प्रदेश सदस्य आदिवासी जनजातिमा मनमया तामाङनी निर्विरोध चयन भएका छन्।
प्रकाशित: ७ पुस २०७८ ०९:४० बुधबार