१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

ओलीको गुटबन्दीले छलाङ मार्‍योः भीम रावल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मापदण्डबिना केन्द्रीय सदस्य, पोलिटब्युरो तथा स्थायी कमिटी गठन र बिभिन्न नेताको कार्यविभाजन गरिएको भन्दै नेता भीम रावलले असन्तुष्टि व्यक्त गरेका छन्। 

सामाजिक सञ्जाल ट्विटर मार्फत रावलले केपी ओलीको अगुवाइमा पार्टीभित्र लामो समयदेखि चल्दै गुटबन्दीले छलाङ मारेको बताए हुन्। 'एमालेमा भरखरै भएका मनोनयन र जिम्मेवारी वा कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाईमा लामो समयदेखि हुँदै आएको गुटबन्दीले छलांग मारेको देखियो।

यो देश र जनताप्रति प्रतिवद्ध पार्टी निर्माणको प्रक्रिया नभई गुटस्वार्थ प्रेरित अहं तुष्टीको नमूना हो।यस्तो प्रवृत्ति हट्नु पार्टी हितमा हुन्छ,' रावलले भने। पार्टीको दसौं महाधिवेशनमा ओलीसँग पराजित भएका नेता भीम रावलले केन्द्रीय सदस्यमा भने उम्मेदवारी समेत दिएका थिएनन्। उनले पार्टीको कुनै पनि विभागको जिम्मेवारीमा नरहने बताएका थिए।

प्रकाशित: २७ मंसिर २०७८ ०९:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App