२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

पार्टीलाई निर्वाचनमा जिताउन सही नेता र नेतृत्वको आवश्यकः नेता थापा

नेपाली काँग्रेसका नेता तथा १४ औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले आगामी निर्वाचनमा पार्टीलाई जिताउन १२ लाख मतदाताको मन जित्न सक्नुपर्ने बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले आगामी निर्वाचनमा पार्टीलाई जिताउन १२ लाख मतदाताको मन जित्न सक्नुपर्ने बताएका हुन्। उनले पार्टीलाई निर्वाचनमा जिताउन सही नेता र नेतृत्वको आवश्यक रहेको बताए। नेता थापाले काँग्रेस उज्यालो देखिने गरी आफू सहभागी नेतृत्वले काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

'नेपाली काँग्रेसले अरु सबै बिर्सिएर निर्वाचनको मात्रै चर्चा गर्ने हो भने निर्वाचन एक्लै जित्ने हो भने अहिले भएको मतदातामा करिव १०/१२ लाख अरु मतदाता थप्नुपर्छ। त्यसका लागि काँग्रेसमा यस्तो नेता चाहियो, जसलाई नेता र नेतृत्व यो भनेर हेर्दै गर्दा बाहिरका मानिसलाई काँग्रेसमा आउँ आउँ लागोस्’, उनले भने।

नेता थापाले सफा, पवित्र र निश्चल काँग्रेस शेखर कोईरालाको नेतृत्वमा देखिने भएकोले आफूलाई जिताउन आग्रह गरे।

प्रकाशित: २६ मंसिर २०७८ १४:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App